‘मर्दानी २’ मा रानी मुखर्जी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।  बलिउडमा कुनै बेला सर्वाधिक सुन्दरी नायिका रहिसकेकी रानी मुखर्जी ४१ वर्षको उमेरमा पनि व्यस्त हुन थालेकी छिन् ।

    सन् २०१४ मा बनेको उनको सफल चलचित्र ‘मर्दानी’ को सिक्वेल ‘मर्दानी २’ को शुटिङमा उनि व्यस्त रहेकी छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

    यशराज फिल्मको प्रोडक्सनमा बनिरहेको यो फिल्मको बारेमा ट्वीट गर्दै शुटिङ शुरु गरिएको जानकारी दिइएको छ । यहि वर्षको अन्त्यमा रिलिज हुने यो फिल्म गोपी पुथरनले निर्देशन गरिरहेका छन् ।

    वैवाहिक जिवनमा बाँधिएरी एक सन्तानलाई जन्म दिएकी रानीले अघिल्लो वर्ष ‘हिचकी’ मार्फत् पुनः बलिउडमा फर्किएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार