उहाँलाई पनि त्यसले छोयो । छाङरु आउनलाई भारतको बाटो भएर आउनुपर्छ । नेपालबाट बाटो छैन । दार्चुलाबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छाङरुमा हिँडेर आउन झण्डै पाँच दिन लाग्छ । यसपालि कोभिड–१९ सङ्क्रमणका कारण भारतले बाटो प्रयोग गर्न दिएन । सबै गाउँले अड्किए । उहाँ गत वैशाख ३१ गते सशस्त्र प्रहरीको सीमा निगरानी चौकी स्थापनाका लागि प्रयोग भएको सेनाको हेलिकप्टर चढेर घर पुग्नुभयो । उहाँकै घर भाडामा लिएर अहिले सशस्त्रले पोष्ट राखेको छ । घर पुग्न नपाउँदै शुरुमा घरमा राखेको स्याउको अवस्था के छ भनेर उहाँले हेर्नुभयो ।
विडम्बना सबै खान नहुने गरी कुहिएको फेला प¥यो । “अघिपछि चिसोमा बिग्रिँदैनथ्यो, यसपालि आउन ढिला भयो, त्यसैले बिग्रिएछ, ठूलै घाटा लाग्यो”, मन खिन्न पार्दै उहाँले भन्नुभयो । छाङरुमा उहाँको तीन रोपनी जग्गा छ । यहाँ स्याउका ६०० बोट छ । अर्काे एक भूभू भन्ने स्थानमा ८०० बोट स्याउ छ । उहाँका अनुसार वर्षमा २० देखि ३० क्विन्टलसम्म स्याउ फल्छ ।
गाउँका ११५ घरमध्ये सबैभन्दा धेरै स्याउ फलाउने उहाँ हुनुहुन्छ । अन्य व्यक्तिको बारीमा दुई÷चार बोटका दरले स्याउ छ । अघिल्लो वर्ष प्रतिकिलो भारु ७० मा बिक्री भएको स्याउ किन्न यसपालि भारतीय व्यापारी नआउँदा त्यसै थन्किएको हो । सीमा जोडिएकाले नजिक नेपाली बजार नहुदा सबै उत्पादनको बिक्री केन्द्र भारत हो । गएको वर्ष ती भारतीय व्यापारी स्याउ किन्न आएनन् । उनीहरुले अन्य ठाउँबाटै स्याउ लगेको उहाँ बताउनुहुन्छ । आफ्नै क्षमताले दार्चुला पु¥याउन बाटो नभएको र खच्चडलाई बोकाएर लैजाँदा महँगो हुने भएकाले दार्चुला लैजान नसकिएको उहाँले बताउनुभयो । “यसपालि सबै खेर गयो, के गर्नु नेपालमा बाटो भइदिएको भए बजार लगेर बेच्नुहुन्थ्यो”, कुहिएको स्याउ देखाउँदै उहाँले भन्नुभयो ।
आलु, बन्दा पनि बिग्रियो स्याउमात्रै होइन आलु उम्रिएर बोराभरि लामालामा टुसा भइसकेछ । कतिपय आलु कुहिएको फेला प¥यो । केही आलु खान हुनेखालको पनि भेटियो । दलिनमा झुण्ड्याएर राखिएको बन्दा लगभग खान नमिल्ने गरी सुकिसकेको छ । फर्सी पनि कुहिएको भेटियो । झण्डै २० क्विन्टल आलु पनि घरभित्रै त्यसै थन्किएर बसेको छ । नबिकेको फलफूल र तरकारी राखेर जाडो छल्न बेँसी झरेको थियो उहाँकोे परिवार । यसपालि तरकारी फलफूल गरेर झण्डै तीन लाख भारु घाटा लागेको उहाँ अनुमान गर्नुहुन्छ । उहाँले दुई वर्षअघि २५ क्विन्टल आलु, २० क्विन्टल स्याउ र पाँच क्विन्टल बन्दागोपी, फर्सी (कद्दु) बिक्री गर्नुभएको थियो । त्यो बेला रु पाँच लाखभन्दा बढी नाफा भएको थियो । त्यो सबै अहिले खेर गएको भन्दै उहाँ दुखेसो पोख्नुहुन्छ । श्रीमती सुधा बोहराको साथमा उहाँ आफ्नो कृषि कर्ममा खटिनुहुन्छ । उहाँहरु तरकारी उत्पादनसँगै व्यापार पनि गर्नुहुन्छ । चाइनाबाट तयारी सामग्री ल्याएर भारतको धार्चुलालगायत विभिन्न मेलामा लगेर बेच्नुहुन्छ ।
बाँकी समय आफ्नै गाउँमा कृषिकर्म गरेर रमाउनुहुन्छ । नेपालमा दैनिक लाखौँको तरकारी फलफूल भारतबाट आउँदै गर्दा यसरी नेपालमै उत्पादन गरेको फलफूल तथा तरकारी गाउँमै सुक्ने गरेको यो एउटा उदाहरणमात्रै हो । बाटोघाटोको सहज आवागमन नहुँदा र बजारको व्यवस्थापन नहुँदा यसैगरी नेपाली अग्र्यानिक उत्पादन धेरै जिल्लामा खेर गइरहेको छ ।