धादिङमा इटा भट्टामा काम गर्ने मजदुरलाई न्यानो लुगा वितरण


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २६, २०७७

  • धादिङ, २६ काठमाडौं । धादिङको खानीखोलामा लायन्स एण्ड लियो क्लब अफ काठमाडौंले न्यानो लुगा वितरण गरेको छ । खानीखोलाका इटा भट्टामा काम गर्ने मजदुर र उनका परिवारलाई न्यानो लुगा वितरण गरिएको हो ।

    खानीखोलाको रक्तकाली इटा उद्योगमा काम गर्ने मजदुरलाई झण्डै ६० बोरा लुगा कपडा बाँडिएको न्यानो लुगा वितरण कार्यक्रमकि संयोजक बबिता सिंहले बताईन् । वालवालिका, तथा बृद्धबृद्धा लगायत सबै उमेर समुहका मजदुरलाई न्यानो लुगा वितरण गरिएको थियो । न्यानो लुगा वितरण कार्यक्रममा मेन्टर लियो किरन थापा क्षेत्री, संयोजक लियो बबिता सिंह, सह–संयोजक लियो ब्रियाना श्रेष्ठ, सचिव लियो बिभुति गौतम र लियो सबिन भट्टराई, कोषाध्यक्ष लियो रोजिना लामिछाने, सदस्य लियो प्रबिन केसी, लियो सीता दुलाल, स्वंयसेवक प्रतापरत्न बज्राचार्य, लियो जिल्ला परिषद ३२५ बी १ नेपाल अन्तर्गतका रिजन् ७, रिजन् ११, रिजन १५ का युवाहरूको सक्रियतामा  यो कार्यक्रम सम्पन्न भएको हो ।

    न्यानो लुगा वितरण कार्यक्रम दुई हप्ता अगाडी सुरु भएको हो । ९ जना सक्रिय युवाहरु मिलेर यो अभियान सुरु भएको हो । एक हप्ताको समय अवधिमा बिभिन्न सोसल मिडिया, छरछिमेक, साथीभाई, कलेजहरुमा सम्पर्क गरेर लुगा जुटाईएको हो । यसरी संकलन गरिएका लुगामध्ये प्रयोगमा ल्याउन मिल्ने वितरण गरिएको थियो । ‘इटा भट्टामा काम गर्नेहरुको दैनिक पहिले पनि चलिरहेकै थियो । तर, हाम्रो सहयोगले उहाँहरुलाई अलिकति भए पनि राहत मिलेको अनुभुति भयो ।’ न्यानो लुगा वितरण कार्यक्रमकि कोषाध्यक्ष रोजिना लामिछानेले सुनाइन् ‘खासगरी वालवालिकाहरुको अवस्था कष्टपूर्ण थियो ।’

    लायन्स क्लब अफ काठमाडौं बेदब्यास, लायन्स क्लब अफ पिस खानीखोला, लायन्स क्लब अफ काठमाडौं मिर्‍याकल र लियो क्लब अफ पिस खानीखोला, लियो क्लब अफ काठमाडौं बेदब्यास, लियो क्लब अफ काठमाडौं बालाजु हाइट्, लियो क्लब अफ काठमाडौं गोंगबु, लियो क्लब अफ पिस थाहा नगर, लियो क्लब अफ काठमाडौं ढिकुरा, लियो क्लब अफ काठमाडौं पिसआइज, लियो क्ल अफ काठमाडौं रेन्बो सिटी, लियो क्लब अफ काठमाडौं रेसुंगा, लियो क्लब अफ काठमाडौं संगम, लियो क्लब अफ नुवाकोट परोपकार, लियो क्लब अफ काठमाडौं मिराकलको आयोजनामा न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

    यस कार्यक्रमलाई विशेष रूपमा साथ दिनु हुने लियो लायन् प्रमोद गिरी , लियो क्लब अफ पिस खानीखोला र रिज्नल कोर्डिनेटर लियो किरन थापा क्षेत्रीलाई धन्यवाद ज्ञापन गर्न चाहेको आयोजकले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार