‘सुट्माला’ का सञ्चालक राज कार्कीले पाए ‘राष्ट्रिय युवा उद्यमी सम्मान’


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख ३, २०७९

  • काठमाडौं, ३ बैशाख । सुट्मालाका सञ्चालक तथा युवा व्यवसायी राज कार्की सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कार्की ‘राष्ट्रिय युवा उद्यमी’ सम्मानबाट सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री तथा परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् ।

    कार्की २०७२ देखि टेलरिङ व्यवसायमा छन् । नरदेवी, काठमाडौंमा उनको श्रीराज कलेक्सन पनि सञ्चालनमा छ । केही अघि उनले काठमाडौंको बागबजारमा उनले सुट्माला टेलरिङ पनि सञ्चालन गरिरहेका छन्। नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् । ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान दिलाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक, सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार