दर्शकहरुको मन जित्दै नाटक ‘असुर’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ २३, २०७९

  • काठमाडौँ, २३ भदौ । नाटक ‘असुर’ ले दर्शकहरुको उत्साहजनक साथ पाएको छ। गत १५ गतेबाट सुरु भएको नाटकको अधिकांश शोहरु हाउसफुल भई रहेको छ। दर्शको चाहनालाई मध्येनजर गर्दै दैनिक एक शो मन्चन भई रहेको नाटक केहि दिन अघि देखि दैनिक २ शो मन्चन हुन थालेको छ।

    उत्कृष्ट बूकिंगले हौसिएका नाटकका मुख्य पात्र सागर कार्की भन्छन् ‘नाटकले दर्शकहरुको मन जितेकोमा एकदमै खुसी लागेको छ र मिले सम्म नाटकलाई दैनिक ३ शोमा ल्याउने तयारी भई रहेको छ। ‘सागरको कामलाई दर्शकहरुले औधि रुचाएका छन् ।

    ‘असुर एउटा गाउँको पारिवारीक कथा हो । जसले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । ‘असुर’ को प्रसंग हिन्दु धर्मसंग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागी जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको छ ।

    विवेक न्यौपाने (घने) ले निर्देशन गरेको गरेको नाटकमा राजन कार्की र शंखर कार्की निर्माताको रुपमा छन् । नाटकमा सुचित्रा उप्रेती, सागर कार्की र प्रल्हाद खरेल मुख्य भूमिकामा देखिएका छन् भने केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ।

    रविन दोङको लेखन रहेको नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरापनि समेटेको छ । नाटकको संगीत भने नगिन तामाङ्ग (हार्मोनियम) एवं शिवराज जोशी (तबला) ले गरेका हुन् । तर, क्षेत्रिको नृत्य निर्देशन रहेको नाटकको मंच परिकल्पना लेखक दोङ आफैले गरेका हुन् । आउँदो असोज ८ गतेसम्म मन्चन हुने नाटकले यसरी नै दर्शकहरुको मन जितेको खण्डमा अझै शो समय अझै बढ्न सक्ने जानकारी निर्माण टिमले दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट