काठमाडौं , फागुन २४ । काठमाडौँ –लामो समयसम्म राष्ट्रिय टोलीबाट बाहिर रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पुनः राष्ट्रिय टोलीमा फर्केका छन् । मेस्सी भेनेजुयला र मोरक्को विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा फर्किएका हुन् ।
सन् २०१८ को विश्वकपपछि राष्ट्रिय टिमबाट नखेलेका उनी हाल मैत्रिपूर्ण खेलको लागि राष्ट्रिय टोलीमा फर्केका हुन् । ३१ वर्षे बार्सिलोनाका स्टाइकर मेस्सीले पछिल्लो समय राष्ट्रिय टोलीको ६ वटा मैत्रीपूर्ण खेलमा टिम बाहिर थिए ।
रसिया विश्वकपमा अन्तिम १६ को खेलपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट केही समय विश्राम लिएका मेस्सी राष्ट्रिय टिमको जर्सीमा देखिने भएका हुन् । समर्थकहरुको ठूलो आग्रह र टिमको आवश्यक्तालाई मध्यनगजर गर्दै मेस्सी टिममा फर्केका हुन् ।
एजेन्सी ।