मेसीमाथि लागेको प्रतिबन्ध हटाउन अर्जेन्टिनाले आग्रह गर्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३, २०७६

  • एजेन्सी । स्टार खेलाडी लियोनल मेसीमाथि लागेको अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध फुकुवा गर्न अर्जेन्टिनाको फुटबल संले आग्रह गर्ने भएको छ ।

    ब्राजिलमा सम्पन्न कोपा अमेरिका प्रतियोगिताको दौरान मेसीले कोपा अमेरिकामा ब्यापक भ्रष्टाचार भएको र ब्राजिललाई नै उपाधि जिताउने तयारी भइरहेको भनेर मेसीले टिप्पणी गरेपछि कोन्मेबोलले उनीमाथि ३ महिना अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको थियो । साथै मेसीले चिलीविरुद्धको खेलमा रातो कार्ड पनि खाएका थिए ।

    तर, प्रतियोगिता सकिएको लामो समयपछि अर्जेन्टिनाको फुटबल संघले मेसीमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो । अर्जेन्टिनाको एफएले ब्यान फुकुवा गरेको खण्डमा कोन्मेबोलको अपिल कमिटीले मेसीमाथिको प्रतिबन्ध फुकुवा गर्न सकिने या सजाय घटाउन सक्नेबारेमा अध्यायन गर्नेछ । तर, सजाय कम हुने सम्भावना पनि कम रहेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार