‘स्वार्थी मोहमम्द सलाह’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ५, २०७६

  • एजेन्सी । लिभरपुलका स्टार खेलाडी हुन् मोहमम्द सलाह । लिभरपुल गोल मेसिनका रुपमा परिचीत उनीलाई भने एउटा आरोप लाग्ने गरेको छ । उनलाई आफ्नै टिममेटले स्वार्थी भन्ने गर्छन् ।

    बन्र्ली विरुद्धको खेलमा उनले साडियो मानेलाई पास नदिएपछि माने खेल मैदानमा नै व्यापक रिसाएका थिए । यसबारे अक्सलेड च्याम्बरलेनले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन,’ हो सलाह स्वार्थी छन् ।’

    उनले थप्दै भनेका छन्,‘उनलाई जिम्मेवारी नै त्यस्तै दिइएको छ । उनले लिभरपुललाई खेल जिताउन महत्वपुर्ण गोलहरु गर्दै आइरहेका छन् । हामीले पनि उनीबाट गोलको आशा गरेका हुन्छौँ ।’

    उनले भनेका छन्,‘त्यसैले उनलाई आरोप लगाउनु आवश्यक छैन । हामीले उनीबाट धेरै पासको अपेक्षा पनि गर्दैनौँ । मानेसँग जे भयो त्यो खेलमा उत्पन्न एक आवेगमात्र थियो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार