पथलैया-अमलेखगञ्ज सडक खण्डबाट एक पुरुषलाई बाघले तानेर लगेको आशंकामा खोजी सुरु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १०, २०७७

  • रौतहट । १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया९अमलेखगञ्ज सडक खण्डबाट १ पुरुषलाई बाघले तानेर लगेको आशंकामा खोजी सुरु गरिएको छ । पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आक्रमण गरि जङ्गलतर्फ लगेको आशंकामा खोजी सुरु भएको निकुञ्जले जनाएको छ । सडकमा हिंडिरहेका अन्दाजी ४५ वर्षीय पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुगेको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

    अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिणतर्फको जंगलबाट बाघले पुरुषलाई लगेको आशंकामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिनुभयो।निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। पुरुषको पहिचान अझै हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार