झापाको बिर्तामोडमा फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १०, २०७७

  • झापा । १० माघ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ झापाले बिर्तामोडमा सञ्चालन गरेको फेशन डिजाइन तथा कोट कटिङ तालिम सम्पन्न भएको छ । व्यवसायीहरुको क्षमता विकास गर्ने उद्देश्यले पुस २२ गतेदेखि झापाका ३ वटा नगरपालिका तथा एउटा गाउपालिकामा तालिम सञ्चालन भएको थियो ।

    झापाको बिर्तामोड, कनकाई मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउपालिकामा भएको तालिममा ३ सय जना प्रशिक्षार्थी सहभागी थिए । संघका झापा अध्यक्ष दिलिप सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

    तालिम तथा प्रमाणपत्र वितरणमा करिव ९ लाख रुपैयाँ खर्च भएको संघका झापा अध्यक्ष सुन्दासले बताए । तालिमको सहजीकरण कोटका राष्ट्रिय प्रशिक्षक मिलन नेपाली र फेशन डिजाइनको सारदा श्रेष्ठ, संगिता गौतम र यामुना रोकायाले गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार