नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन सम्पन्न, सर्वसम्मत रुपमा राम चन्द्र परियार अध्यक्ष चुनिए


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ २५, २०७७

  • स्याङ्जा, २५ माघ । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ स्याङ्जाको प्रथम अधिबेशन तथा दोश्रो साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला अध्यक्ष राम चन्द्र परियारको सभापतित्वमा सम्पन्न भएको थियो ।

    जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट प्रतिनिधित्व रहेको अधिबेशनको बन्दसत्रबाट सर्वसम्मत रुपमा राम चन्द्र परियारको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ। नव निर्वाचित अध्यक्ष ,पदाधिकारी ,सदस्यहरुलाइ नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ , विशिष्ट अतिथि पुतलीबजार नगर पालिका प्रमुख सिमा कुमारी क्षेत्री , उपप्रमुख महेश पुरी , महासंघ विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, अतिथि गण्डकी प्रदेश संयोजक किशन सेवा महासंघ सदस्य कृष्णा अधिकारी , सोम गौतम , गण्डकी प्रदेश आर्थिक प्रमुख चीन बहादुर परियार , पत्रकार महासंघ जिल्ला अध्यक्ष , उद्याग बाणिज्य संघ सचिव , सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष , तनहुँ जिल्ला अध्यक्ष हरि परियार लगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार