औषधी व्यवसायी उदयपुर अध्यक्षमा दाहाल


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १, २०७७

  • उदयपुर चैत १।
    औषधि व्यवसायिहरुको छाता संस्था नेपाल औषधि व्यवसायि संघको अध्यक्षमा उद्धव दाहाल चयन भएका छन् । सदरमुकाम गाइघाटमा सम्पन्न नेपाल औषधि व्यवसायि संघको प्रथम जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ९ सदस्य जिल्ला समिति गठन गरेको हो ।
    खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लाका व्यवसायिलाईसमेत समेटेर गठन गरिएको समितिको उपाध्यक्षमा शुरेसकुमार साह, महासचिवमा विरेन्द्रकुमार झा, सचिवमा सनम राई, कोषाध्यक्षमा विजयकुमार साह र सहकोषाध्यक्षमा संजिव बस्नेत रहेको निर्वाचन समितिका सदस्य भरत खड्काले बताए ।
    सदस्य खड्काका अनुसार सदस्यहरुमा कुमार सार्की, बल्लुकुमार गुप्ता र दिनेश्वर साह रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले गरेका थिए ।

    कार्यक्रममा उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहाल, संस्थाका २ नम्बर प्रदेश अध्यक्ष शिवनाथ सिंह, कोसी अञ्चल अध्यक्ष कुमार खतिवडा, मेची अञ्चल अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईली, अधिकारकर्मी भरत खड्का लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार