हेटौंडामा पनि खुल्यो हेयर एण्ड शान्ति युनिसेक्स सलुनको शाखा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ ६, २०७९

  • हेटौंडा, ६ भदौ । हेयर एण्ड शान्ति युनिसेक्स सलुनको नयाँ शाखा हेटौंडामा पनि खुलेको छ । नयाँ शाखाको रुपमा हेटौंडाको भाटभटेनी सुपर मार्केटको द्रोसो तल्लामा सुरू गरिएको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, नारायणघाट,नयाँ बानेश्वरमा हुँदै हेटौंडासम्म विस्तार भएको हो ।

    सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले नेपालमा नौ औं शाखा विस्तार गरेको हो । त्यसो त नेपालमा हेयर एण्ड शान्ति सञ्चालनमा आएको धेरै बितेको छैन, लगभग पाँच वर्ष भयो । तर, यत्तिको अवधिमै ग्राहकमाझ लोकप्रिय बन्न पुग्यो । आजबाट हेटौंडामा ९ औं शाखाको रुपमा संचालन भएको छ।

    गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको बताउँछिन्, अनुजा श्रेष्ठ । उनी  ‘हेयर एन्ड शान्ति’ का संचालक एवं हेयर स्टाइलिस्ट समेत हुन् । अनुजा भन्छिन्, ‘ग्राहकको आवश्यकता, उनीहरुको कपाल वा छालाको प्रकृति सबै कुराको विश्लेषण गरिसकेपछि मात्र हामी के गर्ने भन्ने निक्र्यौल गर्छौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट