सुट्मालाका सञ्चालक राज कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको अध्यक्षमा सर्वसम्मत चयन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २३, २०७९

  • काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् । बागबजारस्थित सुट्मालाका सीईओ कार्की सर्वसम्मत चयन भएका हुन् ।

    शनिबार बागबजारस्थित होटेल हार्दिकमा सम्पन्न संघको २१ औँ साधारण सभाबाट सर्वसम्मत चयन भएका कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेशका सचिव समेत हुन् । नवनिर्वाचित अध्यक्ष कार्कीले व्यवसायीहरुको हक, हितका लागि सदैव प्रतिवद्ध हुने प्रतिक्रिया दिए । ‘देशभरका सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्नेछु ।’ कार्कीले भने, ‘व्यवसायीहरुका बिभिन्न समस्या, मुद्दालाई सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि अधिकतम पहल गर्नेछु ।’

    नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाको २१ औँ साधारण सभाबाट अध्यक्षमा कार्की, उपाध्यक्षमा उद्धव थापामगर, सचिवमा बासु पौडेल, सह सचिवमा बिनोद छिनाल, कोषाध्यक्षमा लालु बैजु, सह–कोषाध्यक्षमा रघुनाथ दास निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा भिम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, शुसीला श्रेष्ठ, पार्वती भट्टराई, नबिन नेपाली र आयुश परियार निर्वाचित भएका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, यस्तै अतिथिका रुपमा महासंघका उपाध्यक्ष ईश्वर नेपाली, सचिव सरोज कटुवाल, बाग्मति प्रदेश संयोजक जीत बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य रामप्यारा छिनाल, केन्द्रीय सदस्य महेश कायस्थ, मञ्जु कार्की, गण्डकी प्रदेश सदस्य ममता बस्याल, भक्तपुर जिल्ला अध्यक्ष शुभरत्न बज्राचार्य, सचिव दीपक बासुकला, काभ्रे उपाध्यक्ष सूर्य थापा, विश्व रेकर्ड उल्टो मोटरसाइकल यात्री लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिीति रहेको थियो ।

    नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँ जिल्लाका नवनिर्वाचित अध्यक्ष राज कार्की

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट