ईन्टरनेसनल मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ७, २०७९

  • काठमाडौँ  । ईन्टरनेसनल मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई उपराष्ट्रपतिबाट सम्मान प्रदान गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई चलचित्र उद्योग र नेपाली कला संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत उक्त सम्मान प्रदान गरिएको हो ।

    ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतीमा निर्माण भएको ग्लोवल टेलिभिजनमा प्रसारण हुदै आएको टेलिचलचित्र ‘अब जे होला होला’ को ५२ औं भाग पुगेको अवसरमा एक कार्यक्रम गरि विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    उपराष्ट्रपति निवासमा आयोजित उक्त कार्यक्रममा लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा परिचित सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डे सम्मानित भएका हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्द किशोर पुन, ब्राण्ड यु पिक्चर्स प्रा.लि र तारकेश्वर कला प्रतिष्ठानका प्रमुख एवं वरिष्ठ कलाकार उत्तम केसी, ग्लोवल टिभीका प्रमुख प्रभुराम श्रेष्ठ तथा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पाण्डेलाई सम्मान प्रदान गरेका थिए । सोही कार्यक्रममा वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल, अभिनेत्री भुवन चन्द,अभिनेत्री चैत्य देवी लगायत टेलिचलचित्रमा आवद्ध कलाकार,प्राविधिकलाई सम्मान प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट