छोरीलाई ६ स्थानीय भाषा सिकाउदै धोनी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।  भारतीय टोलिका पुर्व कप्तान महेन्द्र सिंह (एमएस) धोनीले आफ्नो छोरी जीवालाई फरक-फरक भाषाहरु सिकाइ रहेका छन् । समाजिक सञ्जालमा उनले एक भिडियो शेयर गरेका छन् जसमा उनि आफ्नो छोरिसँग ६ भाषाहरुमा कुरा गर्दै गरेको देखिन्छन् । उनको सो भिडियो अहिलेसम्म ३८ लाख भन्दा ज्यादादे हेरिसकेका छन् ।

    धोनीले आफ्नो चार वर्षीया छोरीलाई तमिल, भोजपुरी, उर्दू, बंगाली, हिन्दी र पन्जाबीमा प्रश्न सोधेका छन् ।  जीवाले पनि प्रश्नको सोहि भाषामा उत्तर दिएकी छन् । धोनीले भोजपुरीमा जीवालाई प्रश्न सोधे ‘कइसन बा’ र  जीवाले भोजपुरीमा उत्तर दिइन् ‘ठीक बा’।

    एमएस धोनी भोजपुरी राम्रोसँग बोल्छन् त्यसैले आफ्नो छोरीलाई भाषा सिकाइरहेका छन् ।

    धोनी  यस समय आईपीएलमा व्यस्त छन् । उनि चेन्नई सुपर किंग्सका कप्तान हुन् । २३ मार्चको खेलमा उनको टीमले रोयल च्यालेन्जर्स बंग्लोरलाई हरायो ।  आईपीएलको यस सीजनमा उनको टीमको पहिलो खेल थियो । उनको  टीमले २०१८ को आईपीएल जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार