एप्पल र गुगल बिच तनाव


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २१, २०७६

  • प्रविधि क्षेत्रका दुई ठूला कम्पनी गुगल र एप्पलबिच तनावको अवस्था सिर्जना भएको छ । गएको हप्ता गुगलले ठूलो स्तरमा भएको ह्याकिङ्ग प्रयासबारे थाहा पाएको थियो, जसमा एप्पलका उत्पादन प्रयोगकर्तालाई अधिकांश रुपमा निशाना बनाउने तयारी थियो ।

    तर एप्पलले गुगलको आलोचना गर्दै सार्वजनिक गरेको सम्भावित ह्याकिङ्ग सम्बन्धी जानकारीमा प्रश्न गरेको छ । गुगल भने आफ्नो अनुसन्धानको पक्षमा अडिग रहेको छ ।

    गुगलले सार्वजनिक गरेको जानकारीले एप्पलका सबै आइफोन प्रयोगकर्ता आक्रमणको जोखिममा रहेको गलत सूचना प्रवाह गरेको शुक्रबार जारी गरेको वक्तव्यमा एप्पलले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट