नेपालका युवा चित्रकुमार कार्की ‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्’ सद्भाबना दूतमा नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ८, २०७६

  • काठमाडौं । ८ माघ । च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् ले नेपालका युवा चित्रकुमार कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको छ । उदयपुर त्रियुगा नगरपालिकाका कार्की सन् २०११ देखी उल्टो मोटरसाइकल चलाएर चर्चामा आएका युवा हुन् । उनले २०११ देखी उल्टो मोटरसाइकल चलाएर ‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं ‘ भन्ने नारा बोकेर उनले यात्रा गरेका थिए । उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखिसकेका कार्कीले जम्मा चार वटा विषयमा कीर्तिमान राखेका छन्।

    च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो ।

    सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए । उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भईसकेका छन् । त्यस्तै रौता एकता समाज र नेपालटार एकता समाजले पनि उनलाई सम्मान गरिसकेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार