हुवावे एपग्यालरीको भिजन सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६

  • हुवावेको एप्पल ग्यालरीको भिजन सार्वजनिक भएको छ। हुवावे आधिकारिक एपवितरण प्लेटफर्म एपग्यालरीले प्रयोगकर्ताहरूलाई नयाँ विकल्प प्रदान गरिरहेको कम्पनीले बताएको छ।यो एपग्यालरी अहिले विश्वका विभिन्न १ सय ७० देशमा उपलब्ध छ। साथै मासिक ४० करोड सक्रिय प्रयोगकर्ताहरू रहेका कम्पनीको भनाइ छ। एपग्यालरीमा गोपनीयतासम्बन्धी कडा प्रावधानहरू र साईबर सुरक्षा समाधानहरू रहेका छन्।

    विश्वभर हुवावेका करौडौँ प्रयोगकर्ताहरू रहेका छन्। हुवावे एपग्यालरी पूर्ण सुरक्षित रहेको बताइएको छ। एपग्यालरीमा प्रयोगकर्ताहरूको संवदेनशील डाटा र गोपनीयता जोगाउन उच्चस्तरको प्रमाणिकरण राखिएको छ।

    हुवावे एपग्यालरी सेग्मेन्टहरू १८ वटा विधा जस्तै समाचार, सामाजिक संजाल, मनोरञ्जन लगायत रहेका छन्।
    हुवावेले क्वीक एप्स पनि सार्वजनिक गरेको छ। जुन एउटा एपको सिस्टम हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार