शुक्रबारदेखि अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताएका हुन् ।

    गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको सङ्क्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिएका छन् । अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार