• होमपेज
  • समाचार
    राजनीतिसमाज
  • अर्थ
  • मनोरन्जन
  • खेलकुद
  • स्वास्थ्य
  • सूचना तथा प्रविधि
  • विविध
  • सम्पर्क

कोभिड –१९ : विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १८, २०७६

  • सोलुखुम्बु, १८ चैत । कोरोना भाइरस (काभिड –१९ )को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ श्ययाको क्यारेन्टाइन र ४८ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन ।
    वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात श्ययाको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिइ र ३ थान गन फर फिवर रहेका छन् ।
    ११ वटा वडा रहेको नगरपालिकाले सोेमबारदेखि बजार क्षेत्रमा किटनासक औषधी छर्किरहेको नगर प्रहरी प्रमुख डिला कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको दमकलको प्रयोग गरि विभिन्न बजार क्षेत्रमा औषधि छर्केको हो । थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५÷१५ श्यया सहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच श्ययाको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । बैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । टोलटोलमा माईकिङ गरेको गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिन व्यक्तिलाई रु.५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुङगनाका अनुसार तीन थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् ।
    नेचासल्यान गाउँपालिकाले १४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आईसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ भने शंकास्पद बिरामी भेटिएमा तत्काल रेफर गर्नका लागी सवारीसाधन तयारी अबस्थामा राखिएको छ । सो गाउँपालिका १० थान पिपिइ रहेको गाउँपालिकामा अन्य स्वास्थ्य सामाग्री भने प्रयाप्त नभएको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको महाकुलुङ्ग गाउँपालिकामा ५ श्ययाको आइसोलेसन र २५ श्ययाको क्वारेन्टाइन तयार गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । क्वारेन्टाइन र आइसोलेसन वाडमा खानेपानी, विद्युत तथा कपडाको व्यवस्था गरिएको उहाँको भनाई छ ।
    वैदेशीक रोजगारीबाट आएका तीन जनालाई सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । पाँच वटा वडा रहेको यस गाउँपालिकामा पिपिइ र गन फर फिवर नभएको स्वास्थ्य संयोजक आचार्यको भनाई छ । सो भाइरसको जोखिम कम गर्न टोलटोलमा साबुन पानीको व्यवस्था गर्दै घरदैलो कार्यक्रम जारी राखिएको गाउँपालिकाले जनाएको छ । सोताङ गाउँपालिकाले तीन श्ययाको क्वारेन्टाइन र चार श्ययाको आइसोलेसन वार्ड स्थापना गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीका लागि पिपिइ र गनफर फिवर समेत नभएको यस गाउँपालिकाले भने अहिले सम्म वैदेशिक रोजगारीबाट आउनेको अवस्था समेत पहिचान गरेको छैन भने अन्य सचेतनाका कार्यक्रम समेत अन्य स्थानीय तहको तुलनामा गरेको छैन ।
    यस गाउँपालिकामा पाँच वटा वडा रहेको छ । माप्यदूधकोशी गाउँपालिकाले पाँच श्ययाको क्वारेन्टाइन र पाँच श्यया आईसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । सात वटा वडा रहेको यस गाउँपालिकामा स्वास्थ्य सामाग्री र औषधि समेत नभएको बताईएको छ । सोमबार मात्रै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा २२ सदस्यीय समिति गठन गरेको योजना शाखा प्रमुख विनोद आचार्यले जानकारी दिनुभयो । यस्तै ६ वटा वडामा पनि वडा स्तरीय समन्वय समिति निर्माण गरिसकिएको बताईएको छ । वडा नं ७ मा मंगलबार समिति गठन हुने गाउँपालिका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिनुभयो ।
    विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बुपासाङल्हमु गाउँपालिकाले ९ श्ययाको आइसोलेसन कक्ष र ४ वटा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो । पाँच वडा वडा रहेको यस गाउँपालिकासंग २५ थान पिपिइ, १० थान गन फर फिवर रहेको बताईएको छ । पर्यटकको अति चाप हुने यस गाउँपालिकाले सबैभन्दा पहिला स्वास्थ्य परिक्षणका लागि उपकरण ल्याएको थियो । तेञ्जिङ हिलारी बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरि गाउँपालिका भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गरिरहेको छ । लिखुपिके गाउँपालिका पाँच वटा वडा रहेको यस गाउँपालिकासंग कुनैपनि स्वास्थ्य उकरण नभएको बताईएको छ ।
    २५ श्यया क्षमताको क्वारेन्टाइन र ८ श्ययाको आईसोलेसन कक्ष तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । चार वटा एम्बुलेन्स तयारी अवस्थामा कोरोना भाइरसको शंकास्पद बिरामीलाई आईसोलेसन वार्डसम्म पु¥याउनको लागि जिल्लामा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, केरुङ्ग स्वास्थ्य चौकी, बेनी स्वास्थ्य चौकी र तल्लो सोलु हाईड्रोपावरको एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    नेकपा (एमाले) सरकारबाट बाहिरियो

    ताजा अपडेट
    • ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

    • ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

    • ड्रोन दर्ता शुल्क अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण

    • ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

    • ‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंका कार्कीको ठुम्का

    • विज्ञान, जलस्रोत र जलवायु परिवर्तनबारे सञ्चारकर्मी र वैज्ञानिकको सहकार्य आवश्यक

    • सुरक्षित पानी, स्वस्थ जिन्दगानी

    • काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    • चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

    • नेपाल कमर्स क्याम्पस बाट बि•बि•एस मा सर्वोत्कृष्ट स्थान हासिल गरेका बिशाल रोकाहा स्ववियु अध्यक्ष पदको उम्मेदवार

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

    • भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

    • नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’

    • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    • सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत

    • पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक

    • लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर

    • मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो: गृहमन्त्री लेखक

    • दयाहाङ राईदेखि पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनय रहेको ‘राजागञ्ज’

    • डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

    • बिज् एजुकेसनले भोलीदेखि ग्रान्ड युके एड्मिसन रोड शो गर्दै, सहभागी हुनेले खाली हात फर्किनु नपर्ने

    • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    • तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    • ‘जापान नेपालको हितैषी र विकासको सहयात्री’

    • ‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

    • नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    • नेपालमा आजदेखी पहिलोपटक क्यानोनिङ उत्सव हुँदै

    • कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

    • बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

    • व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

    • अमेरिकाबाट संघीयताका नाममा र धर्म बेच्ने नाममा रकम हिनामिना गर्नेलाई कारबाही गर – ज्ञानेन्द्र शाही

    • महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

    • युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

    • सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

    • नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

    • प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    • राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

    • कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित

    • अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी

    • क्यान्सर रोगसँग संघर्षरत बालबालिकालाई सहयोग पुर्‍याउन एलायन्सको स्थापना

    • अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शिर्षकको सहयोग रकमको हिसाब खोज्नुपर्छ – ज्ञानेन्द्र शाही

    • ‘फेस अफ स्मार्ट किड्स २०२४’ को ग्राण्ड फिनाले सम्पन्न, गौरव र प्राव्यालाई उपाधि

    • तीन लाख भन्दा बढीले अवलोकन गरे दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

    • प्रमोद खरेलको स्वरमा ‘किन रूनु हुन्न र मर्दले’ सार्वजनिक

    • मनाईयो लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

    • छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

    • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

    • विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

    • बेलायतको युक्लान युनिभर्सिटि पढेर फर्किएका विद्यार्थीलाई बिज एजुकेसनको सम्मान

    • ‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण

    • नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

    • टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता

    • एक करोड गीतादान र ज्ञानाश्रम निर्माण गर्ने उद्देश्य सहित विराट महायज्ञ सुरू

    • ‘प्रथम नेपाल स्याउ महोत्सव–२०८१’ आयोजना हुँदै, गुणस्तरीय स्याउ पठाउने फार्मलाई १० लाख रुपैंयाँ पुरस्कार

    • ‘नाडा अटो शो २०२४’ मा यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

    • ‘ट्राभल मार्ट’को ४७औँ संस्करण थाइल्याण्डमा, नेपालसहित २५ देशका प्रतिनिधि सहभागी

    • मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु

    • हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

    • लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्का सदस्यलाई आचारसंहिता

    • सुनकोशी-मरिन डाइभर्सन आयोजना समय अगावै सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    • मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर

    • एउटै मञ्चमा ११ वटा मौलिक तीज गीत विमोचन

    • सुम्निमाको नयाँ म्युजिक भिडियो

    • अनुसन्धानमा आधारित नयाँ पुस्तक बजारमा

    • युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

    • खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

    • अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    • सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

    • पेरिस ओलम्पिकमा नेपालका श्यान्टु पराजित

    • विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

    • आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    • हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री

    • एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत

    • नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

    • नेपाल एसिया कपबाट बाहिरियो

    • मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

    • गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक

    • आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

    • सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै

    • कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

    • ‘चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी’

    • अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा

    • बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

    • सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

    • आईआरजीडीडी र एम्बेसेडर क्लबद्धारा कृषि र खाद्य सुरक्षामा क्षेत्रीय सहयोग सम्बन्धी उच्चस्तरीय बैठक सम्पन्न

    • पत्रकार रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                              सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2025 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology