विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २२, २०७७

  • कैलाली, २१ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उहाँले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए ।

    ‘पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर विकास निर्माण गर्दा हुने विनाशलाई पनि ध्यान दिन आवश्यक छ’, मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश सरकार यो कुरामा सजग छ र यसका लागि नीति बनाएर अगाडि बढ्ने छ ।’ उनले सुदूरपश्चिमका सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार