नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र २५, २०७७

  • काठमाडौं, २५ चैत । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं जिल्लाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार बागबजारस्थित आराधना कम्प्लेक्समा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

    ५२ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव राज कार्कीले रक्तदान गरेर मानविय सेवा गर्ने सबैप्रति आभार प्रकट गरे । काठमाडौं जिल्ला संघ परिवारलाई पनि उत्कृष्ट कार्यका लागि पनि कार्कीले बधाई तथा शुभकामना व्यक्त गरे । यस्तै काठमाडौं जिल्लाका अध्यक्ष चन्द्र रणपहेलीले सबैलाई खादा ओढाएर सम्मान गरेका थिए ।

    नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ काठमाडौ जिल्लाद्वारा आयोजित रक्तदान कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्र रणपहेली उपाध्यक्ष नरेन्द्र श्रेष्ठ , सचिब सागर कार्की ,सह सचिब बासुदेव पौडेलले अतिथिहरुलाई स्वागत र रक्तदान गर्नु हुने महानुभावहरुलाई सम्मान सहित प्रमाणपत्र बितरण गरेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार