१९ लाख बढीले भरे जीवन विकास लघुवित्तको आईपिओ, आवेदन दिने आज अन्तिम दिन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १५, २०७८

  • जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा  १५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार बिहान १० बजेसम्ममा १९  लाख ४६  हजार ७  सय ३५ जना आवेदकबाट २ करोड ९३ लाख २१ हजार कित्ताको लागि आवेदन परेको हो ।  यो माग गरिएको भन्दा १५.८६ गुणा बढी हो ।

    कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले  आज असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो  ।

    जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ  ।  बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ  । मेरो शेयर र अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने छ  ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ  ।

    यो लघुवित्त जीवन विकास समाज (गैर सरकारी संस्था) द्धारा प्रबर्धित हो  । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको (राष्ट्रियस्तर) वित्तीय संस्थाको रुपमा इजाजत प्राप्त गरि २०७५ फागुन १६ गते देखि कम्पनीले वित्तीय सेवा प्रदान गरिरहेको छ । नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार प्रारम्भ भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट