मौद्रिक नीतिले जनअपेक्षा सम्बोधन गरेको छ –सिविफिन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १, २०७८

  • काठमाडौँ, १ भदौ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) ले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिले जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रसन्नता व्यक्त गरेको छ । कोभिड–१९ को सङ्क्रमण र बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट उत्पन्न समस्याको न्यूनीकरण, जनअपेक्षाको सम्बोधन र विषम् परिस्थितिबाट सङ्कुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशील बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका मौद्रिक नीति केन्द्रित भएको टिप्पणी गरेको छ ।

    मौद्रिक नीति समग्रतामा सकारात्मक र सन्तुलितरुपमा आएको सिविफिनले ठहर गरेको छ । मुलुकको विषम परिस्थितिका आवश्यकतामाथि केन्द्रित भई अबलम्वन गरेका कार्यदिशा र नीतिले विगतमा जस्तै सुखद् र सकारात्मक परिणाम दिनेमा सिविफिन विश्वस्त रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ । मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षबाट प्राप्त भएका सुझावको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गरेको भन्दै सिविफिनले प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार