अहेब, अनमीलगायत पदमा सुदूरपश्चिम लोक सेवाले माग्यो दरखास्त


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ ११, २०७९

  • सुदूरपश्चिम, ११ जेठ । सुदूरपश्चिम लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ। दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ।

    प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो।

    अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ। लिखित परीक्षा मिति भने पछि तोकिनेछ।  यसबारे विस्तृत विवरण आजको गोरखापत्रमा प्रकाशित सूचनामा खुलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार