‘ओ मेरो राजा जी’ भिडिओमा मोनिका बुढाथोकीको हट् अवतार, पुष्प खड्काको रोमान्टिक अभिनय


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २२, २०८०

  • काठमाडौँ– ‘ओ मेरो राजा जी’ बोलको भिडिओमा मोनिका बुढाथोकीको हट् अवतार देखिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नायक पुष्प खड्काको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

    गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा रहेको ‘ओ मेरो राजा जी’ बोलको गीत सन्तोष सुनारकै शब्द तथा संगीतमा तयार गरिएको हो । यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् ।

    भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । यस भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स हेर्न सकिन्छ । निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार