फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

सुटमालाले ल्यायो ‘सुट एक्सचेन्ज अफर’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २१, २०८१

  • काठमाडौँ । के तपाईंको दराजमा पुराना कोट थन्किएका छन् ? वर्षौंदेखी दराजमा थन्क्याईएका, वा प्रयोगमा नआएका कोटहरु छन् ? त्यसो हो भने अब धन्दा मान्नु पर्दैन । बागबजारस्थित सुटमालाले तपाईंका लागि सुट एक्सचेन्ज अफर ल्याएको छ ।

    सर्टिङ सुटिङको क्षेत्रमा बेग्लै पहिचान बनाईसकेको सुटमालाले उपभोक्ताहरूको चाहनालाई मध्यनजर गर्दै सुट एक्सचेन्ज अफर ल्याएको छ । यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने भएको छ । सुटमालाका सीईओ राज कार्कीका अनुसार हरेकको सुटको आवश्यकतालाई विशेष ध्यानमा राख्दै यो अफर ल्याईएको हो । विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्‍याउँन यो अफर ल्याईएको कार्कीले बताए ।

    यदि तपाईसँग पुरानो कोट छ भने बागबजारस्थित सुटमालाले त्यसको अवस्था हेरेर मूल्य निर्धारण गर्नेछ । आफूले खरिद गरेको नयाँ सुटमा उक्त मूल्य घटाईनेछ । नयाँ सुट गुणस्तरीय र बजार मूल्य भन्दा सस्तो र सुपथ हुने सीईओ कार्कीले बताएका छन् । सुटमालाले बिभिन्न टेलिसिरीयल, इभेन्ट, संघ, संस्था र कम्पनीहरूसँग सहकार्य गरिसकेको छ । नेपालका चर्चित सञ्चारकर्मी, सेलिब्रिटी र उद्यमी, व्यवसायीहरूको रोजाई बन्दै आएको सुटमालालाई सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममार्फत सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट