बिहेको तयारीमा रहेकी १९ वर्षीया युवती मृत अवस्थामा फेला परेपछि


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ १, २०७६

  • काठमाडौं, १ जेठ।   रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा न.१ साँडीको भुझौली भन्ने गाउँमा आज विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशा नाम गरेकी किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

    मृतक निशा खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् । सोमबार राति खाना खाए पछि निशा घरविहान भएकी थिइन् । रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिनुभयो । उहाँले घटनाको अनुसन्धान अघि बढीसकेको बताउदैँ पोष्टमार्ट पछि घटनाको कारण स्पष्ट हुने जानकारी दिनुभयो । “पोष्टमार्टमबाट आएको रिपोर्ट अनुसार हामी घटनाको सफल अनुुसन्धान गछौँ, चाडै नै घटनाको बास्ताविकता पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउछौ” एसपि प्रहरी थापाले भन्नुभयो ।

    मृतक निशाका वुवा महोम्मद हिसाहारका अनुसार “सोमबार राती खाना खाएपछि छोरी सुत्न गएको र राती आमाले उनको हेर्दा विस्तारामा नभएपछि खोजिकार्यमा जुटिएको बताउनु भयो । मंगलबार पनि दिनभर खोजिकार्यमा लाग्दा पनि भेटिएन हिसाहारले भन्नुभयो, आज मृत अवस्थामा फेला पर्यो। छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो मृतकका बुबा महोम्मदले भन्नुभयो ।

    सामुहिक रुपमा हत्या गरेर फालिएको हुन सक्ने स्थानीयहरुले आसंका रहेको छ । घटनाको बास्ताविकता पत्ता लगाई छिटै नै दोषीलाई कडा भन्दा कडा कार्वाही प्रक्रिया अघि बढाउन स्थानीयले प्रहरीलाई अपिल गरेका छन् ।

    मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ । भने घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ । स्थानीयहरुले विहान करिब ७ वजे प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटना स्थल तर्फ पुगेको थियो ।

    Source : News24

    प्रतिक्रिया
    सम्बन्धित समाचार