व्यवसायिकता तर्फ उन्मुख


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन २८, २०७६

  • केही समयदेखि रिक्त रहेका स्थानमा पदपूर्ती हुने चर्चा चलेसँगै ती स्थानमा नियुक्त हुने मान्छेको पनि चर्चा हुन थालेको छ। ती स्थानका लागि सार्वजनिक पदमा रहेर केही समयअघि अवकासप्राप्त मान्छेको चर्चा भएको छ । स्रोतले बताएको एउटा नाम भने निकै आश्चर्यमा पर्ने खालको छ किनभने उक्त पदका लागि अर्थतन्त्र, राजश्व लगायत कानुनसम्बन्धि केही प्राविधिक ज्ञान र ख्यातीप्राप्त संस्थामा २० सालको अनुभव भएको मानिस चाहिन्छ । हाल बहाल रहेका कर्मचारीमा यी सबै योग्य पुग्ने मानिस भेट्न गाह्रो छ। अहिले चर्चामा रहेका नाममध्ये अर्को एउटा यस्तो नाम पनि सुन्नमा आएको छ जो उक्त पदका लागि पूर्णतः योग्य छ। उनले एमबिए, एलएलबी र सम्बन्धित विषयमा पहिलो श्रेणीमा मास्टर्स गरेको छ साथै अन्तर्राष्ट्रिय संगठनहरूमा उपल्ला पदमा रहेर काम गरेको २० वर्षे अनुभव छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार