विनाकारण पोखरामा एक युवा थुनामा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ३०, २०७६

  • काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले एक युवालाई विनाकारण थुनेको छ । राजन केसी नाम गरेका युवालाई प्रहरीले विनाकारण नियन्त्रणमा लिएको परिवारले आरोप लगाएको छ । स्कुटरमा सवार उनलाई रोकेर अनुमति पत्र (लाइसेन्स) देखाउन भन्दै प्रहरीले ‘एउटा मात्रै प्वाल परेको रहेछ’ भन्दै खिल्ली उडाएको थियो ।

    उनले आफ्ना अन्य कागजातहरु पनि देखाएका थिए । आफुलाई जिस्काएको देखेपछि केसीले पनि एक प्रहरी अधिकारीलाई एक मात्रै फुली रहेछ भन्दै जवाफ फर्काएका थिए । यो भन्दा धेरै गल्ती राजनको नरहेको उनकी श्रीमती स्वस्तिका केसीले जानकारी बताइन् । उनले प्रहरीले आफ्नो शक्तिको प्रयोग गरेर हतकडी लगाएको आरोप लगाइन् ।

    कास्की प्रहरीलाई यस विषयमा सोध्दा यस बारेमा जानकारी नभएको र अनुसन्धानका लागि ल्याएको हुनसक्ने जवाफ दिएको छ । केसीका आफन्तले विना कुनै कारण नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गरेर दोषिमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

    लाइसेन्स, ब्लु, नागरिकता सबै चेक गरिएको थियो । त्यति देखाउदा पनि उनलाई समातेर लगिएको थियो । प्रहरीले समातेर लैजानुअघि उनले फेसबुकमा लाइभ गरेका थिए ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार