‘फुटबल खेल्ने नयाँ शैली सिक्न बार्सिलोना आएको हुँ’:-ग्रिजम्यान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, मंसिर २७, २०७६

  • बार्सिलोनाका फरवार्ड एन्टोएन ग्रिजम्यानले आफु उपाधि जित्नको लागि एट्लेटिको छाडेर बार्सिलोनामा अनुबन्धित नभएको बताएका छन् ।

    साथै ग्रिजम्यानले आफु फुटबलबारे नयाँ ज्ञान लिन तथा फुटबल खेल्ने नयाँ शैली सिक्न बार्सिलोना आएको बताएका छन् । रियल सोसिडाडबाट एट्लेटिको आएदेखि उनले ५ वर्ष एट्लेटिकोमा बिताए ।

    ‘मैले च्याम्पियन्स लिग जित्न एट्लेटिको छाडेको हैन, मैले फुटबलबारे नयाँ ज्ञान लिन तथा फुटबल खेल्ने नयाँ तरिका सिक्न एट्लेटिको छाडेको हुँ’ ग्रिजम्याने भने ।

    साथै ग्रिजम्यानले बार्सिलोनामा आफु र आफ्नो टिममेटको सम्बन्धको बारेमा पनि खुलेर बताएका छन् । उनले आफुहरुको सम्बन्ध राम्रो रहेको बताउँदै आएका छन् ।

    ‘मैले बार्सिलोनामा नयाँ पोजिसन पाएको छु र आफ्ना नयाँ साथिहरुबाट हरेक दिन नयाँ कुराहरु सिकिरहेको छु । लुइस स्वारेज, मेस्सी, फिर्पो तचथा अल्बाबाट मलाई साँधेै उत्कृष्ट प्रदर्शनका लागि प्रेरणा मिल्दै आएको छ’ उनले भने ।

    साथै ग्रिजम्याने अन्त्यमा आफु अहिले सहि ठाउँमा रहेको अनुभुति गरिरहेको र आफु अझै पनि नयाँ नयाँ कुराहरु सिकिरहेको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार