निर्मला पन्त प्रकरणः‘दिलीप नै दोषी भएको ठहर’


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २७, २०७६

  • काठमाडौँ । आज माघ २७ गते सोमबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त हत्या प्रकरण, ललिता निवास जग्गा प्रकरण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन् ।

    प्रहरी प्रधान कार्यालयले कञ्चनपुरी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्याका आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ । भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खोल्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते विष्ट पक्राउ परेका थिए । तर स्थानीय भीड र विभिन्न गैरसरकारी संस्थानका प्रतिवेदनले विष्ट निर्दोष रहेको दाबी गर्दै फसाउन खोजिएको आरोप लगाएका थिए । प्रहरी अनुसन्धानले भने विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो । तर, गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समिति र एआईजी बस्न्यातको आन्तरिक समितिका प्रतिवेदनले विष्टलाई निर्दोष भनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार