संसारकै तेज स्मरण शक्तिमा कालिकोटका विजयको रेकर्ड


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २, २०७६

  • कालिकोट । माघ २९ । कालिकोटमा जन्मेका विजय शाहीले च्याम्पियन्स बुक अफ वल्ड रेकर्डस मार्फत विश्व कीर्तिमान राखेका छन् । शाहीले ३० सेकेन्डमा १ सय २ शब्द स्मरण गर्दै उल्टो सुल्टो र क्रमबद्ध याद गरेर पनि विश्व रेकर्ड बनाउन सफल भएका हुन् ।

    शाहीलाई सुर्खेत विरेन्द्र नगरपालिकामा भब्य अभिनन्दन सहित स्वागत गरिएको छ । नगरपालिकाका मेयर देव कुमार सुवेदी लगाएत स्थानीयवासीले भब्य स्वागत गरेका थिए । वाल्यकालमा खासै तेज दिमाग नभए पनि अहिले उनले कलेज टप गरेका छन् । उनी यहि मार्च १४ मा रिसर्चका लागि अमेरिकाको नासा जाने तयारी छन् । नगरपालिकाका मेयर देव कुमार सुवेदी लगायत स्थानीयवासीले शाहीको भब्य स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार