काठमाडौं । ३० फागुन । शनिवार म्युजिक सिटी हल बालकुमारी, काठमाडौंमा अभ्यानी प्रोडक्सनको आयोजना भएको ‘जुनियर मोडल वल्र्ड २०२०’ को उपाधि काव्या खड्का र युनिस खड्काले जितेका छन् ।
‘मिस जुनियर मोडल २०२०’ को उपाधि जितेकी काव्या खड्काले नेपाललाई ईजिप्टमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता International Television Movement of Child Creativity मा प्रतिनिधित्व गर्ने छिन् । उनले मिस व्यूटिफुल तथा वेस्ट ड्रेसको उपविधा पनि प्राप्त गरेकी छिन् । यस्तै, यो प्रतियोगीतामा फस्र्ट रनरअप रविना सिल्वाल बनिन् । उनले मिस फेसन आईकन उपविधा हात पारिन् । सेकेन्ड रनरअप शृजु लामाले मिस पर्सनालिटीको उपाधि जित्न सफल भइन् ।
लिटिल मिस तर्फको उपाधि भने ओशिन महर्जनले हात पारिन् । उनले नेपाललाई टर्कीमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता Future Fashion Faces World मा प्रतिनिधित्व गर्ने छिन् । त्यसैगरी उनले मिस पपुलरको उपाधि पनि हात पारिन् । दिया ठकुराठीले फस्र्ट रनरअप स्थान साथसाथै बेस्ट ह्सान्डराइटिड़ अवार्ड हासिल गरिन् ।
‘मिस्टर जुनियर मोडल २०२०’ को उपाधिसँगै युनिस खड्काले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्ने छन् । उनले मिस्टर फोटोजेनिक र मिस्टर ह्यान्डसम अवार्ड पनि हात पारेका थिए । यस्तै, फस्र्ट रनरअप निशान्त सुर्खेती र सेकेन्ड रनरअप सहर्ष अधिकारी भएका छन् ।
मिस्टर र मिस ट्यालेन्टको उपाधि भने पवन रिमाल र मान्सी खड्काले जितेका छन् त्यसैगरी किशिका श्रेष्ठले भ्युअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । वालवालिकाको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि राई समुदायकी प्रथम महिला सगरमाथा आरोही देउराली चाम्लिङ, मुख्य अतिथि राप्रपाका पुर्व प्रवक्ता गोविन्दराज खनिया तथा एसिया प्यासिफिक लिटिल प्रिन्सेसकी विजेता कृष्टिना खड्का हुनुहुन्थ्यो भने निर्णायकको भुमिकामा सौन्दर्य प्रतियोगिता आयोजक तथा डान्स कोरियोग्राफर महेश केसी, नायिका तथा सामाजिक अभियन्ता अश्लेशा ठकुरी, फेसन स्टाईलिस्ट सोन्या गुरुङ र फेसन कोरियोग्राफर तथा ‘म्यान अफ द इयर नेपाल २०१८’ शुशान्त काजी श्रेष्ठ रहेका थिए । प्रतियोगिताको कोरियोग्राफर रुपमा पवन आचार्य रहेका थिए । कार्यक्रम प्रस्तोताको भूमिकामा रोजिन शाक्य रहनुभएको थियो । कार्यक्रमको मुख्य व्यवस्थापक सिमोन पण्डित रहेकी थिइन् ।
प्रतियोगीको मुख्य सहयोगी संस्था एस्. पि. एम कृयशन थियो भने ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन् । फोटोग्राफी पार्टनरको रुपमा नेप्वेड्स शुशान्त सुवेदी र मेकअप पार्टनर मेकअप वाई रश्मीको रहेको थियो भने कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोड्क्सनका सिइओ अभिविन्द खनियाले गर्नुभएको थियो ।