एआई ट्रिपल क्यामरासहितको ह्वावे वाई सेभेन पी नेपाली बजारमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ३, २०७६

  • काठमाडौं । ह्वावे कन्ज्युमर बिजनेस रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइल फोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा आएको छ । मोबाइलमा ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ । विभिन्न विशेषताहरू भएको ह्वावे वाई सेभेन पी मूल्यअनुसारको सही उत्पादन खोज्ने ग्राहकहरूका लागि एकदमै सही रोजाई भएको कम्पनीले जनाएको छ ।

    यो स्मार्टफोन कालो (क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगमा उपलब्ध छ । ४ जीबी ¥याम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २३ हजार ९९० रुपैयाँ तोकिएको छ ।

    अल–राउन्ड फोटो खिच्ने अनुभव

    ह्वावे वाई सेभेन पीमा रियर ट्रिपल क्यामरा सेट अप रहेको छ । यसमा एफ÷ १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ जसमार्फत् हाई रेजलुसनको तस्बिरहरू लिन मिल्छ । यसमा रहेको ८ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि १२० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्दछ साथै यसमा कुनै पनि आकर्षक पोट्रेटहरू खिच्नका लागि चाहिने डेप्थ अफ फिल्ड इफेक्ट सपोर्ट गर्ने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।

    सधैँ एक्सेसिबल हुने स्मार्ट कम्प्यानियन

    ह्वावे वाई सेभेन पीको पछाडिको भागमा रिफेक्लेटिभ लेयर रहेको छ जसले फ्युचरिस्टिक ग्लेर इफेक्ट दिन्छ । मिड फ्रेमले दुई साइडहरूलाई बिना कुनै अवरोध कनेक्ट गर्छ जसले हेर्दा निकै आकर्षक लाग्ने स्टिीमलाइन्ड युनी बडी दिने कम्पनीले जनाएको छ ।

    ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले

    सोस्टपरका रूपमा डिजाइन गरिएको ह्वावे वाई सेभेन पीमा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ । ६.३९ इन्च अग्लो र थोरै बेजल भएको यस मोबाइल फोनले १५६०ह७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्छ । मोबाइलफोनको बाँया पट्टिको माथि रहेको कुनामा ४.५ एमएम चौडाइको ब्लाइन्ड होल (प्वाल) छ जुन मोबाइलफोन इन्डस्ट्रीमा हुने मध्येकै सबैभन्दा सानो रहेको कम्पनीले जनाएको छ ।

    सन्तुलित तथा दिगो कार्यक्षमता

    किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ ह्वावे वाई सेभेन पीको उत्कृष्ट कार्यप्रदर्शन र मनोरञ्जनसम्बन्धी एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव गर्ने जनाइएको छ । ४ हजार एमएएच क्षमताको ब्याट्री तथा ह्वावेको एआई पावर सेभिङ प्रविधियुक्त ह्वावे वाई सेभेन पीको ब्याट्री आयु लामो र टिकाउ हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार