• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने


  • Frontline Nepal
काठमाडौं । १६ चैत । कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन ।
नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७.१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् ।
तर पनि ग्यासको अभाव हट्न सकेको छैन । यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । ग्यासको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्यास पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्यास दिन लागिएको प्रष्ट छ ।
सङ्क्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ । यसैबीच नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशङ्का गरिएको छ ।
निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, डिस्टिब्युटरले दैनिक शुरुआती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

थ्रिकम केयरका सिइओ भारत भ्रमणमा

शव परीक्षण गर्न समस्या

शव परीक्षण गर्न समस्या

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

वैशाखभित्रै नयाँ घर पाउँदै बिहुँ काउलेका भूकम्पपीडित

आगलागी हुँदा ७० लाखको क्षति

आगलागी हुँदा ७० लाखको क्षति

नाउरको गणना भएन

नाउरको गणना भएन

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता

ताजा अपडेट
  • रक्ष कुमार राईले राखे नयाँ किर्तिमानी

  • चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण

  • राष्ट्रिय महिला कप्तानलाई प्रदेश सरकारको सम्मान

  • नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

  • लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक

  • देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

  • काठमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै

  • दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

  • राष्ट्रिय योग दिवसमा योगाभ्यास

  • सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology