
काठमाडौं, चैत १६ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक हप्ता लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । सरकारले यो सिफारिस अनुमोदन गरे चैत २५ गतेसम्मका लकडाउन हुनेछ ।
समितिको आइतबार बसेको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ ।
चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन गरिएको थियो ।