‘जनता आवास कार्यक्रम’ को एक अर्ब भन्दा बढी रकम फ्रीज दलित समुदाय आक्रोशित


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक १९, २०७७

  • रमेश सापकोटा, रौतहट र १९ कात्तिक । रौतहटको गौरमा रहेको जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयमा तालाबन्दी गरिएको छ । सहरी विकास तथा भवन कार्यालय पर्साको चरम लापरबाहीका कारण प्रदेश न. २ अन्तर्गतको इकाई कार्यालय गौर रौतहटमा पीडित दलितहरुले नेपाल राष्ट्रिय मुसहर संघ र मधेसी दलित विकास महासंघको नेतृत्वमा कार्यालय तालाबन्दी गरेका छन् ।

    जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा ३ हजार गरिब दलित परिवारको घर निर्माण कार्यक्रमको जिम्मेवारी लिएको शहरी विकास तथा भवन कार्यालय पर्सा र रौतहट इकाइ कार्यालयका कर्मचारीहरुको चरम लापरबाहीका कारणले गरिब दलितका लागि आएको एक अर्ब भन्दा बढी रकम फ्रीज भएको उनीहरुको भनाइ रहेको छ । दलित समुदायका व्यक्तिहरुको पक्की घरमा बस्ने रहर रहरमै सिमित भएको छ ।

    नेता, सभासद तथा पहुच हुनेहरुको काम सबै ठाउँमा भै रहेको तर दलित भएकै कारण आफुहरुको काम कर्मचारीहरुको लापरबाहीले गर्दा हुन नसकेको र रकम फ्रीज भएको दलित बिकास महासंघका अध्यक्ष धर्मेन्द्र पासवानले जानकारी दिए त्यस्तै सरकारबाट आएको रकम कर्मचारीका कारण गरिब दलितसम्म नआइपुग्नु दुखद रहेको भन्दै नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय उपाअध्यक्ष नथुनी माझीले आक्रोश पोखेका छन्। उनी भन्छन् ‘एक हप्ता भित्रमा आवास निर्माणका काम सुचारु नभए नगरदेखि केन्द्रिय सरकारसम्म पुग्नेछौं र सडकदेखि सदनसम्म आन्दोलन गर्नेछौ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार