रौतहटमा गोलि हानी एक युवतीको हत्या


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक २७, २०७७

  • रौतहट, २७ कार्तिक । रौतहटको माधवनारायण नगरपालिका वार्ड नम्बर ५ मा गए राति एक युवतीको गोली हानी हत्या भएको छ । सो नगरपालिकाको लौकाहाटोलमा राति ११ बजे घरमा सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारी साहको गोलीहानी हत्या गरीएको हो । हत्याको अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हत्यापछि टोलबासी त्रसित बनेका छन् ।

    घटनाको अनुसन्धान भैरहेकोले दोषि चाडो भन्दा चाडो पक्राउ पर्ने र कानुनको दायरामा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले बताएका छन् । गएको २०७६ फागुनमा सर्लाही जिल्लामा बिबाह भएपनि पछिल्लो समय उनी माइत रौतहटमा नै बस्दै आइरहेकी थिइन् । सर्लाही मधुवनगोठका रुपेश साहसंग उनको बिवाह भएको थियो । बिहे भएको केही समयपछि देखी नै उनी माइतमा बस्दै आएकी थिइन् ।

    मृतक युवतीका श्रीमानलाइ पनि अपरचित व्यक्तिहरुले गएको वैशाखमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिनौको उपचारपछि उनी निको भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । मृतक युवतीको टाउकोमा गोली लागेको र घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिहानै पुगेर अनुसन्धान सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार