आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १०, २०७७

  • काठमाडौँ, १० पुस । पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ ।

    अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पु¥याएका विभिन्न ११ विधामा सम्मान गरिने बताउनुभयो । अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् । स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताउनुभयो ।

    यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बंैकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप रु तीन लाख प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार