भारतीय सुरक्षाकर्मीको गोली लागेर घाइते


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २०, २०७७

  • कञ्चनपुर, २० पुस (रासस) : भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार आज साँझ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । “भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उहाँले भन्नुभयो, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ ।

    विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।” घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउने कार्य भइरहेको छ । साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ । गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार