काठमाडौं, ८ जेठ । सरकारले प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । शुक्रबार राती बालुवाटारमा बसेको बैठकले कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्न लागि सिफारिश गरेको हो ।
शुक्रबार केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाले प्रधानमन्त्रीका लागि दावि गरेका थिए । दुबैको वहुमतको आधार नदेखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दावीलाई अस्वीकार गरेकी थिईन् । शुक्रबार राती बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा बिघटन गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।