गायिका सहिमाको गीतमा खुश्बु खड्काको नृत्य


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ५, २०७५

  • अशोज ५, काठमाडौं । गायिका सहिमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो ‘ढिकिच्याउँ’ सार्वजनिक भएको छ । उक्त भिडियोमा अभिनेत्री खुश्बु खड्काले नृत्य गरेकी छिन् । ठिटोज एण्ड टिम र सुनिल क्षेत्रीले पनि खुश्बुसँग अभिनय गरेका छन् ।

    सहिमालाई गायक सन्दिप न्यौपानेले स्वरमा साथ दिएका छन् । सन्दिप आफैले गीत लेखेका हुन् । थुप्रै लोक गीत गाएका सन्दिप यो गीतबाट निक्कै आशावादी पनि देखिएका छन् । नेपाली सुगम संगीतमा निक्कै चर्चा कमाएकी सहिमा भने यो समयकी ब्यस्त गायिकाको सूचीमा पर्ने गायिका हुन् ।

    उक्त गीतमा गोबिन्द मधुर आचार्यले संगीत गरेका छन् । यस म्यूजिक भिडियोमा सुनिल क्षेत्रीको निर्देशन, टंक केसीको छायांकन र बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार