दीपक मनाङेले लिए सांसदको सपथ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १४, २०७५

  • काठमाडौं, माघ १४ । ‘दीपक मनाङे’ का नामले परिचित राजीव गुरूङले आज सपथ लिएका छन् । गण्डकीका प्रदेश सभा सदस्यमा निर्वाचित मनाङेलाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार सपथ खुवाएका हुन् । गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेद्वार कर्म गुरुङलाई हराउदै स्वतन्त्र उम्मेद्वारका रुपमा उनी निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपा एमालेकी उम्मेद्वार खाण्डा लामा गुरुङले आफ्नो उम्मेद्वारी फिर्ता लिदै समर्थन गरेकी थिईन् ।

    सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि पुसको दोस्रो साता मनाङेले सभामुखको कार्यालयमा निवेदन दिएका थिए । यस विषयमा सभामुख अधिकारीले मुख्यन्यायाधीवक्ता र कानुनका जानकारहरुस“ग पनि छलफल चलाएका थिए । कार्यव्यवस्था समितिको बैठकले त्यो बेला गुरूङको सपथ रोकिदिएको थियो ।

    पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार