जम्मु काश्मिरमा गोली हानाहान, मेजरसहित चारजना जवानको ज्यान गयो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ६, २०७५

  • काठमाडौं , फागुन ६  । काठमाडौँ –जम्मु काश्मिरमा एकाबिहानै भारतीय सेना र आतंकवदीहरुबीच गोली हाना हान भएको छ । उक्त गोली हानाहानमा परी मेजरसहित चार जना भारतीय जवानहरुको ज्यान गएको छ ।

    त्यस्तै दुई जना आतंकवादीहरुको पनि ज्यान गएको छ । मारिनेमा मेजर चित्रेश विष्ट रहेको मिडिया रिपोर्टमा उल्लेख छ । केही दिन अगाडिमात्र भएको डरालाग्दो आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाले ज्यान गुमाएका थिए । जम्मु काश्मिरमा एकपछि अर्को आतंकवादी घटनाहरु घट्न थालेपछि सैन्य सुरक्षा बल बढाइएको थियो ।

    तर, पनि सुरक्षास्थितिमा कुनै सुधार नआएको यो घटनाले देखाएको बताइको छ ।

    मिडिया रिपोर्टका अनुसार राजौरी सेक्टरमा भएको बारुद्धी सुरुङमा रहेको शक्तिशाली बिस्फोटक निष्क्रिय पार्ने क्रममा बिस्फोट हुँदा मेजरको ज्यान भएको हो । आज उनको सैन्य सम्मानका साथ अन्तिम संस्कार गर्ने बताइएको छ ।

    मजेर चित्रेशको परिवार दिल्लीको नेहरु कोलनीमा बस्दै आइरहेको थियो । उनको मार्च ७ मा विवाहबन्धनमा बाधिने तयारी रहेको थियो । नयाँ जीवन सुरु गर्न केही दिन अगाडि नै उनको ज्यान गएको छ । उनी सन् २०१० मा भारतीय सैन्य एकाडमी देहरादुनबाट पास आउट भएका थिए । हाल उनी सेनाको इन्जिनियरिङ कोरमा रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार