पुरुष फुटबलको दोस्रो खेलमा बागमती विजयी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २७, २०७९

  • गण्डकी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै जीत हासिल गरेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गर्नुभएको थियो ।
    खेलको ३९ औँ मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो । खेलको पहिलो हाफमा मधेस प्रदेशले बागमतीलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।
    आजको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदूरपश्चिमबीच दोस्रो खेल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार