सामसुङले ल्यायो ६ वटा क्यामरा भएको फोल्ड हुने स्मार्टफोन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९ । काठमाडौँ –सन् २००९ मा आफ्नो पहिलो स्मार्टफोन बजारमा ल्याएको सामसुङले अब फोनको दुनियामा एक नयाँ प्रविधि लिएर आएको छ । कम्पनीले आफ्नो पहिलो फोल्ड हुने अर्थात मोडिने फोन ‘सामसुङ ग्यालेक्सी फोल्ड’ सार्वजनिक गरेको छ ।

    कम्पनीले भनेको छ, ‘आफ्नो पहिलो फोन बनाएको १० वर्षपछि यो नयाँ फोनका साथ यसले फोनको भविष्य पनि बदलिदिएको छ ।’ यो फोन अबको दुई महिनामा अर्थात अप्रिलमा बजारमा आउनसक्ने अनुमान गरिएको छ ।

    कम्पनीले ग्यालेक्सी फोल्डका साथसाथै फाइभजी ग्यालेक्सी एप १० र ग्यालेक्सी एस१० का तीन वटा फोन समेत लन्च गरेको छ ।

    ग्यालेक्सी फोल्ड स्मार्टफोन :

    पेन्सिल बक्सजस्तै देखिने सामसुङ ग्यालेक्सी खुल्दा ७।३ इन्च हुनेछ, अर्थात यो फोल्ड हुँदा फोन हुनेछ भने खुल्दा एक सिंगल स्क्रिन भएको ट्याबलेट हुनेछ । यो फोनमा एक साथ एक स्क्रिनमा तीन एप्ससम्म चलाउन सकिन्छ । यसका लागि ऐपलाई ट्याबलेट मोडबाट फोन मोडतर्फ जानुपर्छ, जसका लागि सजिलो बनाइएको छ ।

    सामसुङले यो फोन ल्याउँदै ‘फोनको भविष्य बदलिदिएको’ उल्लेख गरेको छ । जुन कुरा केही हदसम्म सही छ । किनकि कसैले यसप्रकारको मोडल बजारमा नल्याएसम्म यो एकमात्र सिर्जना हुनेछ ।

    साथै पटक पटक फोल्ड गर्दा फोनलाई नोक्सान नहोस् र अधिक प्रयोग गर्दा फोनको ब्याट्री नसकियोस् भन्नका लागि दुवैतर्फ ब्याट्रीको प्रयोग गरिएको छ । कुनै पनि तरिकाले समाउदा पनि फोटो खिच्न अप्ठेरो नहोस भन्नका लागि ग्यालेक्सी फोल्डमा तीन वटा पछाडि र भित्रतर्फ दुई र एउटा अगाडिपटि गरी ६ वटा क्यामरा प्रयोग गरिएको छ ।

    कम्पनीले २६ अप्रिलबाट ग्यालेक्सी फोल्डको फोर जी भेरिएन्ट १ हजार ९८० अमेरिकी डलरमा बजारमा आउने जनाएको छ । यसको फाइभ डी भेरिएन्ट केही महंगो हुनेछ र केही पछि आउनेछ । यसको मूल्य उल्लेख गर्दै कम्पनीले यसलाई ‘लग्जरी आइटम’ भनेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार