के कस्तो होला ‘फाइभ जी’ प्रविधि ?


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ११, २०७५

  • काठमाडौं , फागुन ११। काठमाडौँ –फेब्रुवरी २५ देखि इस्पेनको बार्सिलोनामा वल्र्ड मोबाइल कंग्रेसको आयोजना हुँदै छ। संसारभरका नेटवर्क सेवाप्रदायक तथा हार्डवेयर उत्पादकहरुको कुम्भ मेला मानिने उक्त जमघटको आकर्षण फाइभजी प्रविधिमा हुनेछ।

    अहिले संसारमा थ्री जी परिपक्क भएर फोरजी चलिरहेको छ। अबको दुई वर्षमा फोरजी परिपक्क अर्थात् बजारमा बाहुल हुने प्रविधि विज्ञहरुको भनाइ रहेको छ। संसारका शक्ती राष्ट्रहरुबीच नै फाइभ जी प्रविधि विकासमा प्रतिस्पर्धा चलिरहेको छ।

    अहिलेसम्मका विभिन्न अध्ययनले फोरजीलाई नै उपभोक्ता प्रविधि मानेका छन् भने फाइभजी औद्योगिक प्रविधि हुने उनीहरुको ठहर छ।कस्तो होला फाइभ जी? अहिलेसम्म कुनै स्ट्यान्डर्ड नतोकिएको यो प्रविधिलाई अमेरिका तथा चीनका कम्पनीहरुले आ–आफ्नै तरीकाले अनुसन्धान अघि बढाइरहेका छन्।

    कुन ब्यान्डमा चल्ने? कस्तो डिभाइस चाहिनेजस्ता कुनै ठोस कुरा बाहिर नआएको फाइभजीका बारेमा विभिन्न अनुमान तथा अड्कल भएका छन्। विश्वको प्रविधि इकोस्टिमलाई नै परिवर्तन गर्ने विश्वास मानिएको फाइभजी अहिलेको फोरजीको तुलनामा सय गुणाले छिटो चल्ने बताइन्छ। यसमा उच्च गुणस्तरीय चलचित्रका भिडियो केही सेकेन्डमै डाउनलोड गर्न सकिने छ।

    यो प्रविधि वातावरण मैत्री पनि हुने छ। किनकी गति छिटो हुनाले ब्याट्री लाइफ लामो हुने छ। यसले फोरजीको तुलनामा कम उर्जा खपत गर्ने छ। यसको कारणले कार्वन उत्सर्जन यसले न्यून गर्ने बताइएको छ।

    फाइभ जी मोबाइल चलाउने इन्टरनेट भन्दा पनि यसले दैनिक जिवनलाई नै उल्लेख्य प्रभावित गर्ने विश्वास गरिएको छ। टेलिमेडिसनलाई यसले सहज बनाउने छ।

    ड्रोन, सवारीसाधनमा नयाँ प्रविधि प्रयोग हुने छ। जसले यातायातको परिभाषा नै बदल्ने यसले क्षमता राख्ने छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट