नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ – विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो ।

    एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर तोकेको छ । मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । सो मोबाइलको ५ ओटा क्यामेराहरु रहेका छन्, जसमध्ये २ ओटा क्यामेराले रगिंन तस्विर खिच्न सकिने छ । बाँकी तीन वटा क्यामरा ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोग्राफीको लागि उपयुक्त रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार